०२ असार २०८३, मंगलबार

प्रोटोनले नेपालमा सार्वजनिक गर्‍यो नयाँ प्रोटोन ई.एमएएस ७

चैत १०, २०८१
काठमाडौं
प्रोटोनले नेपालमा सार्वजनिक गर्‍यो नयाँ प्रोटोन ई.एमएएस ७

विश्वव्यापी अग्रणी कम्पनी ​प्रोटोनले विद्युतीय सवारी साधन प्रोटोन ‘ई.एमएएस७’ नेपालमा सार्वजनिक गरेको छ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले ‘ई.एमएएस७’ नेपाली बजार आधिकारिक रूपमा भित्रिएको जानकारी गराइएको हो। 

कम्पनीका अनुसार यो नवप्रवर्तनकारी मोडेलले हरियो र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व गर्दछ। जुन नेपालमा वातावरणमैत्री यातायात समाधानहरूको बढ्दो माग पूरा गर्न तयार छ।

प्रोटोन ‘ई.एमएएस७’ दुई ट्रिम लेभलहरू प्राइम र प्रिमियममा उपलब्ध छ र पाँच रंगमा आउँछ। प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट छन्। 

उद्‌घाटन समारोहमा जगदम्बा मोटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला, हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गरिने बताए।

नेपालका लागि प्रोटोनको स्थानीय वितरक जगदम्बा मोटर्सले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरशिप संख्या विस्तार गर्ने र बलियो सेवा केन्द्र नेटवर्क स्थापना गर्ने योजना बनाएको छ ।

साथै, प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ्ग स्टेसन पूर्वाधार विकासमा पनि लगानी गर्ने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्