२६ असार २०८३, शुक्रबार

पुन: ओरालोतर्फ सेयर बजार, मंगलबार ५८ अंकले घट्यो

चैत १२, २०८१
काठमाडौं
पुन: ओरालोतर्फ सेयर बजार, मंगलबार ५८ अंकले घट्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ५८.०५ अंकले घटेर २५८२.७३ को विन्दुमा बन्द भएको हो । 

यस दिन बजारमा १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब १८ करोड ७ लाख १८ हजार रूपैयाँको कारोबार भएको छ ।

अघिल्लो कारोबारका दिन सोमबार मात्रै करिब दुई सातापछि परिसूचक ३०.५२ अंकले बढेर २६४५.२० को विन्दुमा बन्द भएको थियो । जुन आज पुन: घटेको छ । 

मंगलबार १३ वटै उप समूहहरूमा गिरावट आएको छ । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स २३ करोड २० लाख ७ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ । 

मंगलबार बजारमा पूँजीकरण ४२ खर्ब ८८ अर्ब रूपैयाँ बढी रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्