
एनएमबि बैंकले ग्लोबल मनि वीक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
कार्यक्रम अन्तर्गत एनएमबि बैंकले देशका सबै प्रदेशका विभिन्न शाखामार्फत् विभिन्न स्कुल तथा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।
ग्लोबल मनि वीक २०२५ को नारासहित, बैंकले विभिन्न क्षेत्रमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता जनाएको छ ।

बैंकले आफ्नो सोसल मिडियामार्फत् पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्य सञ्चालन गरेको छ ।
बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट तीन हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।
