२३ जेठ २०८३, शनिबार

राष्ट्रिय फूटबल टिमकी कप्तान ​एन्जिलालाई विमानस्थलमा भव्य स्वागत, आजैदेखि हलहरूमा पुग्ने

चैत १५, २०८१
काठमाडौं
राष्ट्रिय फूटबल टिमकी कप्तान ​एन्जिलालाई विमानस्थलमा भव्य स्वागत, आजैदेखि हलहरूमा पुग्ने

प्रदर्शनरत नेपाली चलचित्र 'अञ्जिला'की प्रमुख कलाकार तथा राष्ट्रिय महिला फूटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रबार बिहान काठमाडौं आइपुगेकी छिन् ।

आफ्नै जीवनमा आधारित यस चलचित्रको प्रचारका लागि उनी कतार एयरवेजको विमानबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।

चार दिनको नेपाल बसाइको लागि ग्रिसबाट नेपाल आएकी एन्जिलालाई चलचित्र युनिटले भव्य स्वागत गरेको छ ।

शुक्रबार नै उनी काठमाडौं उपत्यकाका विभिन्न हलहरूमा दर्शक भेट्न पुग्ने निर्देशक मिलन चाम्सले बताए । शनिबार पनि काठमाडौं रहने एन्जिला आइतबारदेखि भने पूर्वी तथा पश्चिम नेपालका हलहरूमा पुग्ने छिन् । उनी पोखरा, नेपालगन्ज, बिर्तामोड, धरान, इटहरी, चितवन र दाङका हलहरूमा पुगेर दर्शकहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको चाम्सले बताए ।

null

निर्माता प्रेमकुमार श्रेष्ठले एन्जिलाको यो भ्रमण विशुद्ध चलचित्रको लागि रहेको बताए । हाल एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला फूटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहेकी थिइन् । प्रचार सकेर उनी पुनः ग्रिस फर्किने छिन् ।

यस चलचित्रमा एन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

बिहीबारदेखि तेस्रो हप्ता प्रवेश गरेको यस चलचित्रले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । हुने यो चलचित्रलाई दर्शकले मन पराइरहेका छन् र बक्स अफिसमा लगातार राम्रो कमाइ गरिरहेको छ । 

null

null

salt training

कमेन्ट गर्नुहोस्