०६ साउन २०८३, बुधबार

‘महाभोज’को मख्खै परेँमा दयाहाङ, खगेन्द्र, अञ्जना, मलिका र गौमायाको कौडा नृत्य

चैत १९, २०८१
काठमाडौं
‘महाभोज’को मख्खै परेँमा दयाहाङ, खगेन्द्र, अञ्जना, मलिका र गौमायाको कौडा नृत्य

आगामी जेठ १५ गते बिहीबार रिलिज हुने चलचित्र ‘महाभोज’को पहिलो गीत ‘मख्खै परेँ’ सार्वजनिक भएको छ । 

कौडा भाकाको यस गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा संगीत रहेको छ भने ससिका राईले स्वरमा साथ दिएकी छन् ।

यस भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतले नृत्य गरेका छन् ।

यसका साथै अभिनेता आर्यन सिग्देल र अभिनेत्री सुरक्षा पन्तको आकर्षक उपस्थिति रहेको छ । आर्यनलाई गाउँको सभ्रान्त व्यक्तिको रूपमा प्रस्तुत गरिएको छ भने सुरक्षा उनकी पत्नीको भूमिकामा देखिएकी छन् । 

भिडियोको अन्त्यमा मलिका र खगेन्द्र छापामारको पोसाकमा देखिन्छन्, जसले चलचित्रको विषय र कथालाई रहस्यमय बनाएको छ । गीतका कोरियोग्राफर मौसम हिमाली हुन् ।

दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’को स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् ।

चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडिओ :
 

salt training

कमेन्ट गर्नुहोस्