१७ असार २०८३, बुधबार

काठमाडौंमा शुरू भयो सेतो मछिन्द्रनाथको रथजात्रा [फोटोफिचर]

चैत २३, २०८१
काठमाडौं
काठमाडौंमा शुरू भयो सेतो मछिन्द्रनाथको रथजात्रा [फोटोफिचर]

शनिबारदेखि काठमाडौंमा सेतो मछिन्द्रनाथको जात्रा शुरू भएको छ । मच्छिन्द्र बहालदेखि आर्याअवलोकितेश्वरलाई खटमा राखी तीनधारा पाठशालामा तयार गरिएको रथमा विराजमान गराएपछि जात्रा शुरू हुने गर्दछ । 

सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्रा गरी मनाइने जात्रा हो।

काठमाडौं उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगरपरिक्रमा गराउने चलन छ। करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगरपरिक्रमा गर्ने प्रचलन छ। अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ।

सेतो मछिन्द्रनाथको रथ मच्छिन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, चिंकमुगल, जैसीदेवल, ज्याबहाल हुँदै लगनसम्म लगिन्छ।

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्