१० साउन २०८३, आइतबार

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर १३६ रूपैयाँ ६८ पैसा

चैत २५, २०८१
काठमाडौं
सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर १३६ रूपैयाँ ६८ पैसा

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ  ८ पैसा र बिक्रीदर १३६ रूपैयाँ  ६८ पैसा कायम भएको छ ।     
     
युरोपियन युरो एकको खरिददर १४९ रूपैयाँ  ९ पैसा र बिक्रीदर १४९ रूपैयाँ  ७५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रूपैयाँ  ४३ पैसा र बिक्रीदर १७६ रूपैयाँ  २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रूपैयाँ  १३ पैसा र बिक्रीदर १५८ रूपैयाँ  ८३ पैसा कायम गरिएको छ ।     
     
अष्ट्रेलियन डलर एकको खरिददर ८२ रूपैयाँ  २५ पैसा र बिक्रीदर ८२ रूपैयाँ  ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ  ६९ पैसा र बिक्रीदर ९६ रूपैयाँ  ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रूपैयाँ  १० पैसा र बिक्रीदर १०१ रूपैयाँ  ५५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ  २६ पैसा र बिक्रीदर नौ रूपैयाँ  ३० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ  ६९ पैसा र बिक्रीदर १८ रूपैयाँ  ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ  २७ पैसा र बिक्रीदर ३६ रूपैयाँ  ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ  ३३ पैसा र बिक्रीदर ३७ रूपैयाँ  ५० पैसा कायम भएको छ ।     
     
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रूपैयाँ  ९५ पैसा र बिक्रीदर तीन रूपैयाँ  ९७ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ  ५ पैसा र बिक्रीदर ३७ रूपैयाँ  २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ  ६७ पैसा र बिक्रीदर ३० रूपैयाँ  ८० पैसा, साउथ कोरियन वन एक सयको खरिद ९ रूपैयाँ  ३२ पैसा र बिक्रीदर ९ रूपैयाँ  ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ  ६२ पैसा र बिक्रीदर १३ रूपैयाँ  ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ  र बिक्रीदर २० रूपैयाँ  ८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ  ५० पैसा र बिक्रीदर १७ रूपैयाँ  ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ  ९ पैसा र बिक्रीदर ४४४ रूपैयाँ  ४ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रूपैयाँ  ९६ पैसा र बिक्रीदर ३६२ रूपैयाँ  ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रूपैयाँ  ४९ पैसा र बिक्रीदर ३५५ रूपैयाँ  ५ पैसा रहेको छ । भारतीय रूपैयाँ  एक सयको खरिददर १६० रूपैयाँ  र बिक्रीदर १६० रूपैयाँ  १५ पैसा तोकेको छ ।  

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्