
सामसङ नेपालले आफ्नो चर्चित एम सिरिजमा नयाँ मोन्स्टर डिभाइस ग्यालेक्सी एम१६ फाइभजी सार्वजनिक गरेको छ । यो फोनमा स्टाइल र नवीनताको उत्कृष्ट संयोजन रहेको छ, जसले हरेक प्रयोगकर्तालाई नयाँ सम्भावनाको ढोका खोल्ने कम्पनीले जनाएको छ ।
यसमा ६.७ इन्चको फुलएचडी प्लस सुपर एमोलेड डिस्प्ले, मिडियाटेक डाइमेन्सिटी ६३०० प्रोसेसर, ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र ५००० एमएएच ब्याट्री राखिएको छ । फोनमा २५ वाटको फास्ट चार्जिङ सपोर्ट छ ।
सामसङले यो मोडेलमा ६ वर्षसम्म अपरेटिङ सिस्टम र सुरक्षा अपडेट उपलब्ध गराउने जनाएको छ । साथै, सामसङ नक्स भल्ट र भ्वाइस फोकसजस्ता सुविधाले फोनलाई अझ सुरक्षित बनाउने कम्पनीको दाबी छ ।
ग्यालेक्सी एम१६ फाइभजीको नेपाली बजार मूल्य २६ हजार ९९९ रूपैयाँ निर्धारण गरिएको छ । फोनमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज क्षमतामा उपलब्ध छ । कलर अप्सनमा ब्ल्याक, लाइट ग्रिन र लाइट पिंक छन् ।
ग्राहकले हुलास फिनसर्भको सहकार्यमा न्यूनतम १३५० रूपैयाँ मासिक ईएमआईमा फोन खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
पुराना फोन एक्सचेन्ज गरी नयाँ एम१६ फाइभजी किन्न सबकोफोन (SabkoPhone) र अर्कोस्टोर (ArkoStore)बाट सुविधा प्राप्त गर्न सकिने सामसङ नेपालले जनाएको छ ।