२७ जेठ २०८३, बुधबार

आगलागीबा ६० लाख बराबरको क्षति

बैशाख ५, २०८२
सुनसरी
आगलागीबा ६० लाख बराबरको क्षति

सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार भएको आगलागीबाट ६० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।  

गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुरा)ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएका छन् । जसमा ६० लाख बराबरको क्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले जानकारी दिए । 

स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख बराबरको क्षति भएको उनले बताए । 

आगलागीमा स्थानीय बाबुनन्द गोइतको एक लाख नगद नै जलेर नष्ट भएको छ । त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए । 

स्थानीय बाबुन्दको घरबाट आगलागी भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।     
 

salt training

कमेन्ट गर्नुहोस्