
चर्चित ब्राजिलिय फूटबल स्टार खेलाडी रोबर्टो कार्लोस एलओडी क्लब जाने भएका छन् ।
नेपाल सुपर लिग हेर्नका लागि काठमाडौं आउन लागेका उनी मंगलबार क्लबमा आउने क्लबका निर्देशक भूपेन कुँवरले जानकारी दिए ।
'उहाँ शुक्रबार नै आउने जानकारी थियो, तर उहाँको स्वास्थ्य प्रतिकूल रहेकाले ३ दिन ढिला गरी मंगलबार आउन लाग्नुभएको हो,' उनले भने ।
कार्लोसको एलओडीमा विशेष उपस्थिति हुने नेपाल सुपर लिगका आयोजकले जानकारी दिएको छ ।
रोबर्टो कार्लोसलाई हेर्न चाहने दर्शकलाई मंगलबार एलओडी आउनसमेत क्लबले आग्रह गरेको छ ।