२३ असार २०८३, मंगलबार

रविको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश फुयालको इजलासमा

बैशाख ८, २०८२
काठमाडौं
रविको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश फुयालको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्चमा अदालतमा दिएको बन्दी प्रत्यक्षीकरणको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ । 

सर्वोच्चले यस मुद्दामा सोमबार प्रारम्भिक सुनुवाइ गर्दैछ । मुद्दाको प्राथमिकता दोस्रो नम्बरमा परेको छ । 

आफूलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै रविले आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । 

सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका रविको तर्फबाट रविपत्नी निकिता पौडेलले  रिट दायर गरेकी थिइन् । 

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । 

यसअघि रविले आफूलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए । 

उक्त निवेदनमा सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कैफियत प्रतिवेदन मगाउने आदेश गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्