०८ असार २०८३, सोमबार

सुर्खेतमा कांग्रेस पत्तासाफ हुन्छ– यामलाल कँडेल [भिडियोसहित]

सुर्खेतमा कांग्रेस पत्तासाफ हुन्छ– यामलाल कँडेल [भिडियोसहित]

सुर्खेत, १४ मंसिर – सुर्खेतको क्षेत्र नम्बर दुई ‘क’बाट प्रदेशसभातर्फ वाम गठबन्धनको तर्फबाट प्रतिस्पर्धामा उत्रिएका एमाले नेता यामलाल कँडेलले यसपाली जनताले कांग्रेसलाई रोज्ने अवस्था नरहेको बताएका छन् ।

विहीवार विहान लोकान्तरसँग संक्षिप्त कुराकानी गर्दै उनले पछिल्लो समयमा कांग्रेसले चालेका कदमहरुको कारणले अहिले वाम गठबन्धनलाई थप सजिलो भएको उनले बताए । 

उनले दलीय प्रणालीमा व्यक्तिभन्दा पनि दलले लिएको नीतिका आधारमा जनताले मतदान गर्नुपर्ने समेत बताए । 

‘व्यक्तिहरु राम्रा हुँदा हुँदै पनि जनताले दलिय प्रणालीमा दलको कार्यदिशा हेर्नुपर्छ,’ उनले भने, ‘कांग्रेस दुई पटकसम्म बहुमतको सरकार चलाउँदा चुक्यो, अहिले उसले मत पाउने अवस्था छैन ।’

दुई पटकसम्म बहुमतमा बसेर पनि कांग्रेसले राम्रो काम गर्न नसकेको उनले बताए । बरु आक्कल झुक्कल बामपन्थीहरुले सरकार बनाउँदा राम्रो काम गरेको बताए ।

‘छोटो समयमा हामीले गरेका काम र पछिल्लो समयमा एमालेले लिएको राष्ट्रवादी अडानको कारण अहिले बाम गठबन्धले चुनाव जित्दैछ,’ उनले भने, ‘सुर्खेतमा पनि मसहित बामपन्थी गठबन्धनका सबै उम्मेदवारले जित्दै छौं ।’
अघिल्ला चुनावहरूमा आमसभाहरुमा ध्यान दिइएकोमा यसपालीको चुनावमा चाहिँ घरदैलो कार्यक्रमलाई विशेष ध्यान दिइएको उनले बताए । घरदैलोमा पनि मतदाताले बाम उम्मेदवारहरुप्रति सकारात्मक धारणा राखेको उनले दावी गरे ।

कंडेलले आफूले यो भन्दा अघि दुई पटकसम्म सांसद र संविधानसभाको चुनाव जितेको कारणले पनि यसपालीको चुनाव आफूले जित्ने दावी गरे । मुलुक नयाँ संरचनामा गएका कारणले पनि आफू प्रदेशतर्फको उम्मेदवार बनेको उनले बताए । 

कंडेलले यो भन्दा अघि सुर्खेतबाट २०५१ र २०६४ सालमा चुनाव जितेका थिए । ०५६ र ७० मा चाहिँ कांग्रेसले चुनाव जितेको थियो । कँडेले संसदीय निर्वाचनहरुमा कांग्रेसका हृदयराम थामीसँग प्रतिस्पर्धा गर्थे ।  अहिले प्रदेशमा चाहिँ नेपाली कांग्रेसका जिल्ला सभापति कमल रेग्मीसँग प्रतिस्पर्धा गर्दै छन् । 

salt training

कमेन्ट गर्नुहोस्