११ साउन २०८३, सोमबार

नमोबुद्ध नगरपालिका पूर्णखोप सुनिश्चित नगर घोषणा

बैशाख १७, २०८२
काभ्रेपलाञ्चोक
नमोबुद्ध नगरपालिका पूर्णखोप सुनिश्चित नगर घोषणा

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको छ ।

आज नगरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय खोप निर्देशिका अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिना मुनिका सम्पूर्ण बालबालिकालाई खोप लगाएकाले पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो । 

जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतम र नगरप्रमुख कुन्साङ लामाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् ।

सो अवसरमा गौतमले नगर प्रमुख लामालाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।​ 

नगरप्रमुख लामाले भने, 'नगरलाई पूर्णखोप सुनिश्चित बनाउन स्वास्थ्य क्षेत्रमा कार्यरत सबै स्वास्थ्यकर्मीको योगदान अतुलनीय छ ।'

जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत पार्थमणि न्यौपानेले जिल्लाको १३ स्थानीय तहमध्ये नमोबुद्ध पूर्णखोप सुनिश्चितता घोषणा गर्ने यस वर्षको पहिलो स्थानीय तह भएको बताए ।

यस वर्ष तोकिएका उमेर समूहका चार सय ७० बालबालिकालाई सतप्रतिशत खोप लगाएपछि पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्