
बहुप्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’को प्रि-टिजर सार्वजनिक भएको केही घण्टादेखि नै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।
चलचित्रका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर बुधबार सार्वजनिक गरिएको प्रि-टिजरलाई दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।
विदेशमा समेत उत्तिकै चासोपूर्वक हेरिएको छ । विशेषतः नेपालीहरूको बाक्लो बसोबास रहेका यूएई, कुवेत, कतार, अस्ट्रेलिया, मलेसिया, जापान र दक्षिण कोरिया लगायतका मुलुकमा पनि प्रि-टिजर ट्रेन्डिङमा रहेको छ ।
देशभक्तिपूर्ण भावनाले ओतप्रोत संवाद र दमदार एक्सन दृश्यसहितको प्रि-टिजरमा अभिनेता समीर भट्टको आक्रोशपूर्ण अभिनय देख्न सकिन्छ ।
निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’ समीर भट्टको बहुआयामिक क्षमताको उत्कृष्ट प्रदर्शन हो । आसुसेन फिल्म्स् प्रालिको प्रस्तुति रहेको चलचित्रमा भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ। पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहेको चलचित्र आउँदो बडादसैंको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा छ ।