३१ असार २०८३, बुधबार
गगनको निष्क्रियता

सरकारको बचाउ गर्नबाट भाग्दै कांग्रेस महामन्त्री: ओली–देउवासँग किन असन्तुष्ट भए गगन ?

बैशाख १८, २०८२
काठमाडौं
सरकारको बचाउ गर्नबाट भाग्दै कांग्रेस महामन्त्री: ओली–देउवासँग किन असन्तुष्ट भए गगन ?

केही समय अघिसम्म सत्ता गठबन्धनका गतिविधिमा सक्रिय रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा एकाएक निष्क्रिय हुन थालेका छन् । 

कांग्रेस समेत सत्ता साझेदार रहेको केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन केही अगाडिसम्म सबै प्रयत्न लगाएका थापा अहिले चुपचाप देखिन्छन् । 

सरकारलाई प्रभावकारी बनाउन कांग्रेस र एमालेले बनाएको उच्चस्तरीय संयन्त्रमा थापा कांग्रेसबाट सदस्य थिए । संयन्त्रलाई अझै साँघुरो गरेर बनाइएको कार्यदलमा थापा र एमालेबाट महासचिव शंकर पोखरेल सहभागी थिए । चीनसँग गरिएको बीआरआई सम्झौता, सरकारका कामलाई सहज बनाउन ल्याइएका विधेयक र अन्य काममा गगनले खटेरै भूमिका खेलेका थिए ।

सरकारले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन विवादास्पद कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएयता थापा सरकारको कामगराइसँग असन्तुष्ट बन्दै आएका हुन् । 

तर, घिसिङ बर्खास्तीको कांग्रेसले संस्थागत विरोध गरेको थिएन । थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले संयुक्तरूपमा सो कदमको विरोध गरे । 

त्यसयता शिक्षक, कर्मचारी, डाक्टर, लघुवित्तदेखि सहकारीपीडितसम्मले काठमाडौंमा विरोध प्रदर्शन गरे । यहीबीच एआईजी बढुवा र गभर्नर नियुक्तिको विषय पनि अगाडि बढ्यो । 

एआईजी बढुवा भइसकेका छन् । तर, गभर्नर नियुक्तिले अझै पूर्णता पाएको छैन । यसबीचमा शिक्षकको आन्दोलन सबैभन्दा पेचिलो बन्न पुग्यो । २९ दिनसम्म आन्दोलन भएपछि बुधबार शिक्षकसँग सरकारले सहमति गरेको छ । यी सबैलाई देखाएर थापाले सरकारविरुद्ध फायर नै खोले । प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच रहेको सार्वजनिक अभिव्यक्ति दिए । यो अभिव्यक्तिले सरकारसँग उनको बढ्दो दूरीलाई सतहमा ल्यायो ।

‘सरकारलाई सफल बनाउन प्रयत्न गर्नुभएकै हो । हिजो बीआरआई पेचिलो बन्दा होस् कि सरकारलाई कामकाजी बनाउन नै किन नहोस्, अत्यावश्यक अध्यादेश ल्याउने, विधेयक अगाडि बढाउने र नागरिकका निराशालाई चिर्ने गरी काम गरौं भन्ने कुरामा उहाँले धेरै सहयोग गर्नुभएकै हो,’ गगननिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘महामन्त्रीले सकारात्मक प्रयास गर्दा छलफलबाट होइन, ढाँट र छल गर्ने, विश्वासको वातावरण बनाउन नखोज्ने काम गरेपछि उहाँ एकाएक निष्क्रियजस्तो देखिनुभएको हो ।’

‘संयन्त्र छाडिहाल्ने उहाँको सोच छैन । प्रधानमन्त्री र पार्टी सभापतिसँग गहन संवाद भएर सहमति नभएसम्म बैठकमा नजानेमै हुनुहुन्छ,’ उनीनिकट स्रोतले भन्यो, ‘दबाब र सुझाव दिएर सुधार गरौं र सरकारलाई प्रभावकारी बनाऊँ भन्नेमा उहाँ हुनुहुन्छ ।’

थापाले केही महिनामात्रै बाँकी भएका कुलमानलाई हटाउन नहुने अडान लिएका थिए । तर, उनको अडान प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले सुनेनन् । यहीबीचमा एआईजी बढुवा, गभर्नर नियुक्ति र शिक्षक आन्दोलनको विषयमा थापाले असन्तुष्टि राखेको उनीनिकट स्रोत बताउँछ । 

‘पोलिसी रिफर्म, सुशासन र इकोनोमिक रिफर्म गरौं भन्ने कुरा उठाउनुभयो । नीतिगत सुधार गरेर नतिजा देखाऊँ भन्दा आफू इन्गेज मात्रै भएको, तर कार्यान्वयनमा नतिजा नआएको बुझाइ उहाँको भयो,’ थापानिकट स्रोतले भन्यो, ‘नीतिभन्दा नियुक्तिमात्रै हुन थाल्यो । गभर्नरमा पार्टीगत नगरौं, राम्रो मान्छे गरौं भनेर अडान लिनुभएको हो । तर, उहाँको कुरा सुनुवाइ भएन । यसैले उहाँ फ्रस्टेट हुनुभएको हो ।’

असहमतिको सन्देश दिएर कांग्रेससहितको सरकारलाई नतिजामुखी बनाउनेभन्दा अर्को स्वार्थ थापाको नभएको उनीनिकट स्रोत बताउँछ । 

‘सरकारलाई पनि सहयोग गर्ने हो । तर, दुई ठूला बैठकमा नगएर असहमतिको सन्देश दिनुभएको हो । कार्यशैली परिवर्तन भएन भने सहयोग गर्न सकिँदैन भनेर सार्वजनिक रूपमा पनि बोलिसक्नुभयो,’ उनीनिकट स्रोतले भन्यो, ‘सरकार परिवर्तन नहुने हो भने कार्यशैली परिवर्तन गर्न सरकारलाई दबाब, सुझाव र असहमतिको सन्देश दिनुभएको हो ।’ तर, संयन्त्रबाट राजीनामा दिइहाल्ने मूडमा थापा नपुगेको उनीनिकट स्रोत बताउँछ । 

‘संयन्त्र छाडिहाल्ने उहाँको सोच छैन । प्रधानमन्त्री र पार्टी सभापतिसँग गहन संवाद भएर सहमति नभएसम्म बैठकमा नजानेमै हुनुहुन्छ,’ उनीनिकट स्रोतले भन्यो, ‘दबाब र सुझाव दिएर सुधार गरौं र सरकारलाई प्रभावकारी बनाऊँ भन्नेमा उहाँ हुनुहुन्छ ।’

सरकारनिकट भएर प्रयत्न गरे पनि नागरिक तहमा देखिएको निराशाको पारो नघटेपछि थापा थप आलोचित हुन नचाहेको उनीनिकट स्रोत बताउँछ । 

‘सँगै सरकारमा हुँदा हिजो प्रचण्डको नेतृत्वमा पनि उहाँले नजिकबाट इफोर्ट लगाएरै काम गर्नुभयो । केही नतिजा दिने काम पनि भए । यसपटक पनि संयुक्त सरकारमा बसेपछि नागरिकलाई एउटा आशा–भरोसा दिलाएर काम गरौं भन्नुभयो । एउटा कुनामा बसेर सरकारको रक्षा गर्ने, तर नागरिक तहमा निराशाको पारो नघट्ने भयो,’ ती सदस्य भन्छन्, ‘यसैले सरकारका काममा कम ध्यान दिने, पार्टीगत गतिविधि बढाउने महामन्त्रीको प्राथमिकता हो कि जस्तो लाग्छ । अब तत्काल नै पहिलेजस्तो सरकारका कामकाज भनेर लाग्ने र प्रधानमन्त्रीसँग ट्युनिङ मिलेर गइहाल्ने स्थिति देखेका छैनौं ।’ 

यो पनि पढ्नुहोस्- सरकारका अप्ठ्यारा फुकाउन सधैँ रसायनको भूमिकामा गगन !

प्रधानमन्त्रीले डाक्ने गरेका सबै छलफलमा थापा नियमित सहभागी हुँदै आएका थिए । सभापति देउवाले थापालाई नै पार्टीको तर्फबाट प्रधानमन्त्रीले बोलाउने सबै प्रकारका छलफलमा पठाउँदै आएका थिए । तर, सरकारको काम गराइसँग असन्तुष्टि राखेपछि थापाले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक नै बष्हिकार गरे ।

वैशाख ३ गते थापालाई नै कुरेर ढिलो गरी संयन्त्रको बैठक डाकिएको थियो । तर, कांग्रेसबाट सभापति देउवा, गृहमन्त्री रमेश लेखक र पराराष्ट्र मन्त्री आरजु राणा देउवा मात्रै सहभागी भए । काठमाडौं आइपुगे पनि थापा संयन्त्रको बैठकमा गएनन् । 

null

प्रधानमन्त्री ओलीले सरकारको नीति कार्यक्रमका विषयमा छलफल गर्न र सुझावका लागि बुधबार पनि सत्तारुढ दलको बैठक राखेका थिए । यसमा पनि थापा सहभागी भएनन् । यो बैठकमा कांग्रेसबाट देउवा, उपसभापति पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री आरजु राणा देउवा मात्रै सहभागी थिए । 

थापाले खुलेरै सरकारबाट बाहिरिनेसम्मको चेतावनी दिएका थिए । तर, सभापति देउवा थाइल्यान्डबाट फर्किएलगत्तै सभापति देउवाले सत्ता समीकरण ठीक भएको दाबी गरे । शिक्षकको आन्दोलन अन्त्य गर्ने, गभर्नर र अन्य नियुक्तिका प्रक्रिया अगाडि बढाएर गठबन्धनलाई झन् कसिलो बनाउने समझदारी ओली र देउवाबीच भएको छ । 

यसैले प्रधानमन्त्री ओलीले बिचौलिया आफ्नो बेडसम्म पुगेको प्रमाणित गर्न थापालाई चुनौती नै दिए । ‘कामका कुरामा नजाने, तर कोही किन यस्तरी धङ्धङ्याएर बोल्छन्, प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच पुगेको छ भनेर । तिनको त्यस्तो शब्द सुन्दा दया लाग्छ,’ ओलीले गत आइतबार भनेका थिए, ‘के बोलेको होला ? त्यस्तो कुरा प्रमाणित गर्न सक्छन् ?’

तथ्य नभएको कुरामा जिम्मेवार नेताले बोलिदिँदा प्रतिगामीहरूलाई मसला मिलेको भन्दै उनले असन्तुष्टि जनाए ।

देउवासँग देखिए शेखर, गगन अनुपस्थित

सरकारतिर मात्रै होइन, केहीसमय अघिसम्म महामन्त्री थापाले सभापति शेरबहादुर देउवानिकट भएर काम गरेका थिए । सभापति र महामन्त्रीको रूपमा एक अर्कालाई सहयोग र समन्वय गरेरै काम गर्नुपर्ने स्थिति छ । तर, थापाले सरकारको काम गराइमा प्रश्न उठाएपछि सभापतिसँगको ट्युनिङमा पनि समस्या आउन सक्ने देखिएको छ । 

बिहीबारमात्रै कांग्रेसले दुई ठूला कार्यक्रम गर्‍यो । तर, यी दुवै कार्यक्रममा महामन्त्रीद्वय थापा र शर्मा नगएको कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् । 

कांग्रेसका अर्का एक नेताले भने– ‘केही पारिवारिक जमघटले महामन्त्री थापा दुवै कार्यक्रममा नगएको भन्ने सुन्यौं । तर, नेताहरू जनसम्पर्क समितिको विदेशमा राखेको कार्यक्रममा यहाँदेखि जानुहुन्छ । अहिले विदेशबाट समेत नेताहरू आउँदा दुवै महामन्त्री देखिनुभएन ।’

‘स्थानीय तह, विभाग र थारू समुदायको कार्यक्रममा दुवै महामन्त्री सभापतिसँग देखिनुभएको थियो । तर, बिहीबार ट्रेड युनियन कांग्रेसले १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा गरेको कार्यक्रममा देउवा र शेखर सँगै देखिनुभयो । लगत्तै जनसम्पर्क समन्वय विभागले केन्द्रीय कार्यालय सानेपामा गरेको कार्यक्रममा पनि थापा देखिनुभएन ।’

कांग्रेसका अर्का एक नेताले भने– ‘केही पारिवारिक जमघटले महामन्त्री थापा दुवै कार्यक्रममा नगएको भन्ने सुन्यौं । तर, नेताहरू जनसम्पर्क समितिको विदेशमा राखेको कार्यक्रममा यहाँदेखि जानुहुन्छ । अहिले विदेशबाट समेत नेताहरू आउँदा दुवै महामन्त्री देखिनुभएन ।’

प्राथमिकतामा जिल्ला दौडाहा

सरकारको काम गराइमा असन्तुष्टि राखेका महामन्त्री थापा जिल्ला दौडाहाको कार्यक्रममा पनि व्यस्त हुने गरेका छन् । महामन्त्रीको हैसियतमा पार्टीका गतिविधि र आफ्नै समेत तयारीमा थापाले जिल्ला दौडाहाका कार्यक्रम धेरै राखेको उनीनिकट स्रोत बताउँछ । 

‘विधानले नै महामन्त्रीका धेरै काम तोकिदिएको छ । यसैले उहाँ पार्टी काममा धेरै व्यस्त हुनुभएको छ । अहिले त झन् क्रियाशील सदस्यताको विषय टुंग्याउनुपर्ने भएकाले महामन्त्री झन् बढी व्यस्त हुनुहुन्छ,’ उनीनिकट स्रोतले भन्यो, ‘यी कामबाट समय निकालेर उहाँ हप्ताको कम्तीमा दुई–तीनवटा जिल्लामा निस्किनुहुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्