०८ असार २०८३, सोमबार

एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न​

बैशाख २०, २०८२
काठमाडौं
एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न​

एनएमबि बैंकले बाह्रौं हेरिटेज वाक सम्पन्न​ गरेको छ ।

यही वैशाख २० गते शनिबार एनएमबि बैंकको गट्ठाघर शाखाबाट शुरू भई शंखधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिरसम्म पुगेर हेरिटेज वाक सम्पन्न भएको हो ।

समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ । ​​

एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बैंकका कर्मचारी, मध्यपुर थिमी नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरू तथा सर्वसाधारणहरू गरी लगभग ७०० जनाको सहभागितामा सो कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ थिए ।

उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा तथा वातावरण संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाइ ५ लाख रुपैयाँ सहयोगका साथै मध्यपुर थिमी नगरपालिकाकालाई डस्टविनसमेत हस्तान्तरण गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, बैंकले सोही प्रकारको कार्यक्रम सातै प्रदेशमा गरिएको जनाएको छ ।

बैंकले कोशी प्रदेशमा पूर्वबस स्ट्यान्डदेखि पाउ पाथीभरा मन्दिर झापासम्म, मधेश प्रदेशमा विरगञ्ज शाखादेखि सन्कराचार्य गेटसम्म, चितवनमा लायन्स चोकदेखि हरिहर मन्दिरसम्म, गण्डकी प्रदेशमा लेकसाइड शाखादेखि राम मन्दिर बिरौटासम्म, लुम्बिनी प्रदेशमा भल्वारी शाखादेखि मोक्ष धाम सेवा आश्रमसम्म, कर्णाली प्रदेशमा वीरेन्द्रनगर शाखादेखि काक्रेबिहार मन्दिरसम्म र सुदूरपश्चिम प्रदेशमा ग्रीन गोदावरी रिसोर्टदेखि गोदावरी शिव मन्दिरसम्म हेरिटेज वाक गरेको हो ।​

एनएमबि बैंकले हाल देशभरि २०२ शाखा, १८६ एटीएम, ९ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्