
जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औं वार्षिकोत्सव देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ ।
यस सुखद् अवसरमा देशको १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रम भव्यतापूर्वक सञ्चालन गरेको हो ।
यस अवसरमा कम्पनीले देशका सातै वटा प्रदेशमा रक्तदान कार्यक्रममार्फत् कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको वीरगञ्जमा ३०, बागमती प्रदेशको काठमाडौंमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगञ्जमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदूरपश्चिम प्रदेशको टीकापुरमा २८ गरी कूल ४१२ पिन्ट रगत संकलन गरेको छ ।
यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी आफ्नो २४औं वर्ष पूरा गरी पच्चीसौं वर्षमा प्रवेश गरेको सुखद् उपलक्ष्यमा मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरूलाई धन्यवाद दिए ।
साथै, उनले कम्पनीका शेयरधनीहरू, ग्राहक, कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ता, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारी, नियामक निकायका साथसाथै सबै सरोकारवालाहरूमा धन्यवाद तथा शुभकामना व्यक्त गरे ।
आगामी दिनमा सबैको माया, विश्वास र सहकार्य संस्थाले पाइरहने अपेक्षा रहेको उनले बताए ।