२६ असार २०८३, शुक्रबार

झन्डै १९ प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चिति, अमेरिकी डलरमा कति पुग्यो ?

बैशाख २८, २०८२
काठमाडौं
झन्डै १९ प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चिति, अमेरिकी डलरमा कति पुग्यो ?

९ महिनामा देशको कूल विदेशी विनिमय सञ्चिति झन्डै १९ प्रतिशतले बढेको छ । 

चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) देशको कूल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले बढेर २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 

नेपाल राष्ट्र बैंकले सर्वाजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २१ खर्ब ३६ अर्ब ४६ करोड रहेको छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब ९० अर्ब ३८ करोड छ । 

salt training

कमेन्ट गर्नुहोस्