२९ असार २०८३, सोमबार

राष्ट्रपति पौडेलले गरे बौद्ध स्तुपाको दर्शन [तस्वीरहरू]

बैशाख २९, २०८२
काठमाडौं
राष्ट्रपति पौडेलले गरे बौद्ध स्तुपाको दर्शन [तस्वीरहरू]

राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध स्तुपाको दर्शन गरेका छन् ।

२५ सय ६९औं बुद्ध जयन्तीका अवसरमा सोमबार राष्ट्रपति पौडेलले बौद्ध स्तुपाको दर्शन गरेका हुन् । राष्ट्रपति पौडेलले विश्व शान्तिका लागि परेवा उडाउनुका साथ पूजाआजा समेत गरेका छन् ।

यसअघि सोमबार शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्‍भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएको बताएका छन् । 

राष्ट्रपति पौडेलले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति , समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । 

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्