२९ असार २०८३, सोमबार

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा चेतप्रसाद उप्रेती नियुक्त

जेठ ८, २०८२
काठमाडौं
नेपाल क्लियरिङ हाउसको अध्यक्षमा चेतप्रसाद उप्रेती नियुक्त

नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेतप्रसाद उप्रेती नियुक्त भएका छन् । 

बिहीबारको औपचारिक कार्यक्रममा उनले डेपुटी गभर्नर बमबहादुर मिश्रसमक्ष अध्यक्ष पद तथा गोपनीयताको शपथ लिए ।  यसअघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा रहेकी थिइन् ।  

उप्रेतीको केन्द्रीय बैंकको विभिन्न विभागमा २७ वर्षभन्दा बढी काम गरेको अनुभव छ भने उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए उत्तीर्ण गरेका छन् । हाल उनी राष्ट्र बैंकको गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रूपमा आबद्ध छन् । 

नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । 

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाद्वारा प्रवर्द्धित कम्पनी हो ।  

salt training

कमेन्ट गर्नुहोस्