![साढे चार घण्टापछि खुल्दा नागढुंगा-नौबिसेमा गाडीको लर्को [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Nagdhunga_Road_1_IMwndFkdpC.jpeg)
साढे चार घण्टापछि बाटो खुल्दा काठमाडौं भित्रिने र बाहिरिने गाडीहरूको नागढुंगा–नौबिसे सडकखण्डमा लर्को लागेको छ ।
यो सडक शनिबारदेखि पूर्ण रूपमा बन्द गरी निर्माण कार्य शुरू गरिएको छ । शनिबारदेखि यही जेठ २५ गतेसम्म बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी निर्माण थालिएको छ ।
नागढुंगा–पिपलामोड सडक निर्माण तथा कालोपत्रेको लागि सडक बन्द गर्नु परेको आयोजनाले बताएको छ ।

सो सडकको विकल्पमा साना र मझौला सवारीका लागि धार्के-सीतापाइलाको सडक प्रयोग गर्न र ठूला सवारीका लागि टोखा-छहरे सडक प्रयोग गर्न आयोजनाले अनुरोध समेत गरेको छ ।
काठमाडौंबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोक्ने गरिएको छ ।








