
शेयर कर्जाको जोखिमभार १०० प्रतिशतमा झरेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा शेयर धितो कर्जासम्बन्धी जोखिम भार घटाएर १०० प्रतिशतमा झारेको हो ।
यसअघि जोखिमभार १२५ प्रतिशत कायम गरिएको थियो।
जोखिमभार झर्दा कर्जा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ।