
नबिल बैंक लिमिटेडले करिब दुई दशकदेखि सञ्चालनमा रहेको 'नबिल ज्येष्ठ बचत खाता'ले जीवनको उत्तरार्द्धमा सुरक्षासहितको पेन्सनको सुविधा दिँदै आइरहेको छ ।
यस अन्तर्गत बैंकले प्रदान गर्ने मासिक ब्याज भुक्तानीबाट पेन्सन र करिब साढे तीन लाख बढीको बीमाले सुरक्षा प्रदान गर्दै आएको छ । अर्थात् नबिल ज्येष्ठ बचत खाताका ग्राहकहरूले यस्तो सुविधा उपभोग गर्दै आइरहेका हुन् ।
५० वर्ष उमेर पुगेपछि विनाकुनै शुल्क र विनान्यूनतम् मौज्दातमा नबिल ज्येष्ठ बचत खाता खोल्न सकिन्छ । यस बचत खाताका प्रत्येक ग्राहकले विशेष सुविधा पाउँदै आएका छन् । नबिल बैंकले जीवनको पाँच दशक पार गरिसकेका, नियमित आयस्रोत नभएका र आर्थिक सुरक्षा सुनिश्चित नभएकाहरूका लागि यो बचत खाता सञ्चालनमा ल्याएको हो ।
ज्येष्ठ बचत खातामा के–के छन् सुविधा ?
सबैभन्दा आकर्षक सुविधा सामान्यभन्दा बढी ब्याजदर यस खाताका ग्राहकहरूले पाउन सक्छन् । अझै गज्जबको कुरा त के छ भने, ब्याज पनि ग्राहकले प्रत्येक महिना पाउँछन् ।
यसका साथै यस्ता ग्राहकहरूले बीमाको सुरक्षासमेत पाउँछन् । हालसम्म लखौं प्रयोगकर्ता रहेको ज्येष्ठ बचत खातामा ग्राहकले ३ लाख रुपैयाँसम्मको बीमा सुरक्षा पाउन सक्छन् ।
ग्राहकले प्राणघातक १३ प्रकारका रोगहरूमा ३ लाखसम्मको बीमा सुविधा पाउनुका साथै ७५ हजार रुपैयाँको आवधिक बीमा सुविधा पाउँछन् ।
बीमा सुविधाका उपभोग गर्नका लागि मासिक १ लाख रुपैयाँ मौज्दात अनिवार्य हुनुपर्छ । बीमा सुविधा अधिकतम ६५ वर्षसम्म उमेर समूहले लिन सक्ने बैंकले जनाएको छ ।
उमेर पुगिसकेपछि बुढेसकालमा वित्तीय आवश्यकताहरू पूरा गर्न शुरू गरिएको ज्येष्ठ बचत खाता निकै लाभदायक बन्दै गएको छ ।
नबिल बैंकले ज्येष्ठ नागरिकहरूलाई पनि स-साना स्टटअर्पदेखि ठूला व्यवसाय गर्नका लागि पनि सहयोग गर्दै आएको छ । साथै यो प्रकारको सुविधा केही बचतकर्ताले गरिरहेका बैंकले जनाएको छ।
पछिल्लो समय ज्येष्ठ बचत खाताका प्रयोगकर्ता पनि डिजिटलतर्फ आकर्षित हुँदै गइरहेका छन् । यसको उदाहरण नबिल बैंक हो । नबिल बैंकका ग्राहकहरू डिजिटलतर्फ गइरहँदा ज्येष्ठ बचत खाताका ग्राहकहरू पनि त्यसरी नै विस्तारै सिफ्ट भइरहेका छन् ।
ज्येष्ठ नागरिक बचत खाता खोल्नेहरूले पनि सबै प्रकारका कर्जाको सुविधा सहजै प्राप्त गर्न सक्छन् । जहाँ यस्ता खातावालाहरूलाई विशेष सुविधा प्रदान गरिँदै आएको छ ।
बैंकले ग्राहकलाई एक वर्षका लागि मोबाइल बैंकिङ सुविधा निःशुल्क दिँदै आएको छ । ग्राहकहरूले अकाउन्ट स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट निःशुल्क रूपमा पाउन सक्ने बैंकले जानकारी दिएको छ ।