
नेपालको व्यापारिक क्षेत्रमा विश्वासिलो नाम जावलाखेल ग्रुप अफ इन्डस्ट्रीज (जेजीआई)ले अमेरिका कै विश्व प्रसिद्ध ब्रान्ड सिन्नाबन (Cinnabon®)को नेपालमा पहिलोपटक आगमनको घोषणा गरेको छ ।
ललितपुरको सानेपामा अवस्थित नयाँ सिन्नाबन स्टोरले नेपाली ग्राहकहरूलाई विश्वभरका करोडौं मानिसहरूले मन पराउने सिन्नामन रोलहरू, स्वादिलो बेक्ड सामग्रीहरू र विशेष पेय पदार्थहरूको मोहक सुगन्ध र स्वादको अनुभव गराउनेछ।
सिन्नाबन नेपालकी ब्रान्ड म्यानेजर श्रीदा शाहले यो नेपालका लागि नयाँ स्वादको अद्वितीय यात्राको शुरूआत भएको बताइन् ।

'यो केवल स्टोरको उद्घाटन होइन, यो नेपालका लागि नयाँ स्वादको अद्वितीय यात्राको शुरूआत हो । हामी नेपाली उपभोक्ताको स्वाद, बानी, र अपेक्षालाई बुझ्न चाहन्छौं । हामी सुन्न, सिक्न र अनुकूल हुन चाहन्छौं,' उनले भनिन् ।
प्रत्येक सिन्नाबन भ्रमण व्यक्तिगत, विलासी र सम्झनलायक बन्ने उनको विश्वास छ ।
ब्रान्डले काठमाडौंका व्यस्त स्थानहरूदेखि पोखरा, बुटवलजस्ता उदीयमान तथा स्थापित शहरहरूमा पनि विस्तार गर्ने योजना बनाएको छ।