
सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य केही घटेको छ ।
सुन तोलामा रु २०० र सोही परिमाणको चाँदी रु १० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ९० हजार ९०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु एक हजार ९९५ निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।