१२ साउन २०८३, मंगलबार

एमाले र राजावादीको प्रदर्शनले ‘महाभोज’ स्थगित

जेठ १४, २०८२
काठमाडौं
एमाले र राजावादीको प्रदर्शनले ‘महाभोज’ स्थगित
चलचित्र महाभोजको गीतमा अभिनय गर्दै दयाहाङ राई र खगेन्द्र लामिछाने ।

भोलि बिहीबारलाई तय भएको चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित गरिएको छ । 

भोलि काठमाडौं उपत्यकामा नेकपा एमाले र राजावादीले एकैसाथ प्रदर्शन गर्ने भएपछि निर्माण समूहले चलचित्रको प्रदर्शन स्थगित गरेको हो ।

देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण हाललाई चलचित्रको प्रदर्शन स्थगित गरिएको निर्माता हिमाल कडरियाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । 

‘पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम परिस्थितिका कारण आमजनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै, चलचित्र ‘महाभोज’को प्रदर्शन नेपाल तथा नेपाल बाहिरका सबै देशहरूमा हाललाई स्थगित गरिएको जानकारी गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ ।

चलचित्रप्रति दर्शकहरूले देखाएको उत्साह र समर्थनप्रति आभार प्रकट गर्दै निर्माता कडरियाले मुलुकको संवेदनशील परिस्थितिमा दर्शकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गरेका छन् । 

उनले अवस्था सामान्य भएपछि सम्भव समयमा नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी पनि दिएका छन् ।

‘महाभोज’ सहकारीको रकम अपचलनको कथावस्तुमा निर्माण गरिएको नेपाली चलचित्र हो । चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, निश्चल बस्नेत, गौमाया गुरुङ र मलिका महत  लगायतको चलचित्रमा अभिनय छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । 

null

salt training

कमेन्ट गर्नुहोस्