
सरकारले आगामी आर्थिक वर्षभित्र निजी क्षेत्रसँग ७ खर्ब बराबरको परियोजना विकास सम्झौता गर्ने भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दै आगामी वर्षभित्र निजी क्षेत्रसँग ७ खर्ब बराबरको परियोजना विकास सम्झौता गरिने जानकारी दिएका हुन् ।
पौडेलले ४ अर्ब बराबरको आयोजनको निर्माण थालनी गर्नेसमेत बताए ।
उनले लगानी बोर्डको क्षमता विकासका लागि यो आर्थिक वर्षमा ७४ करोड रुपैयाँ बजेट छुट्टयाएको बताए ।