११ साउन २०८३, सोमबार

डाटा सेन्टर र सूचना प्रविधि पार्क निर्माण गरिने

जेठ १५, २०८२
काठमाडौं
डाटा सेन्टर र सूचना प्रविधि पार्क निर्माण गरिने

सरकारले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासका लागि महत्त्वाकांक्षी योजना अघि सारेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा बिहीबार दिउँसो आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तयार गरिने बताएका हुन् ।

उनका अनुसार, डाटा सेन्टर र सूचना प्रविधि पार्क निर्माण गरिनेछ । डाटा सेन्टर स्थापना गर्न चाहने कम्पनीहरूलाई सरकारले जग्गा र विद्युत उपलब्ध गराउने छ । 

साथै, तथ्यांकको सुरक्षाका लागि क्लाउड प्रविधिको प्रयोग गरिनेछ । यी योजनाहरूले नेपालको डिजिटल पूर्वाधारलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

सूचना प्रविधि क्षेत्रमा नेपाललाई अग्रणी बनाउन यी कदमहरू चालिएको अर्थमन्त्री पौडेलको भनाइ छ । यो नीतिले डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने र सूचना प्रविधिमा आधारित रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्