१२ साउन २०८३, मंगलबार

सिंचाई क्षेत्रलाई सरकारको प्राथमिकता, विभिन्न आयोजनमा १२ अर्ब बजेट

जेठ १५, २०८२
काठमाडौं
सिंचाई क्षेत्रलाई सरकारको प्राथमिकता, विभिन्न आयोजनमा १२ अर्ब बजेट

सरकारले आगामी आर्थिक वर्षमा सिंचाई क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सिंचाई क्षेत्रका प्राथमिकताबारे प्रष्ट पारेका हुन् । 

उनले सिंचाई क्षेत्रको विकासका लागि कृषियोग्य भूमिमा सिञ्चित क्षेत्र विस्तार गर्न सिंचाई पूर्वाधारको विकास गरिने बताए । बबई, रानीजमरा कुलरिया, महाकाली सिंचाई आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने जानकारी पौडेलले दिए । 

सिक्टा र बृहत दाङ उपत्यका सिंचाई आयोजनालाई तिव्रता दिन ८ अर्ब ५० रूपैयाँ बजेट छुट्याइएको उनले जानकारी दिए । 

भेरी-बबई डाइभर्सजन आयोजना निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्न दुई अर्ब ७ करोड विनियोजन गरेको पौडेलले बताए । उनले सुनसरी, मोरङ, चन्द्रनहर, कमला, नारायणी, राप्ती, गण्डक लगायतका सिंचाई प्रणालीको मर्मत सम्भारका लागि एक अर्ब ८२ करोड रूपैयाँ छुट्याएको बताए । 

सुनकोशी मरिन डाइभर्सन आयोजनाबाट थप हुने पानीको उपयोगबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा एक लाख ४२ हजार हेक्टर जमिनमा सिंचाई विस्तार गर्न एक अर्ब ७३ करोड बजेट छुट्याइएको जानकारी पौडेलले दिए ।

salt training

कमेन्ट गर्नुहोस्