
बुटवल-पाल्पा खण्डको सिद्धबाबा सुरुङ मार्ग आगामी दुई वर्षभित्र सञ्चालनमा आउने भएको छ ।
बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सिद्धबाबा र नागढुंगा सुरूङ मार्ग सञ्चालन आउने बताएका हुन् ।
दुई सुरूङ मार्गको निर्माण सम्पन्न गर्न दुई अर्ब ६० करोड छुट्याइएको छ । सिद्धबाबा सुरुङ मार्गको गएको माघमा ‘ब्रेक थ्रु’ भइसकेको छ ।