०८ साउन २०८३, शुक्रबार

बुधबार जेलबाट छुटेका आलमलाई मस्तिष्क घात, आईसीयूमा भर्ना

जेठ १६, २०८२
काठमाडौं
बुधबार जेलबाट छुटेका आलमलाई मस्तिष्क घात, आईसीयूमा भर्ना
फाइल फोटो

उच्च अदालतको आदेशले बुधबारमात्र जेलमुक्त भएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मो. अफताब आलमलाई मस्तिष्क घात भएको छ ।​

मस्तिष्क घात भएपछि उनलाई शुक्रबार बिहान काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको छ । ​

मस्तिष्क घात भएर आलम आईसीयूमा भर्ना भएका अस्पताल स्रोतले जानकारी दियो । स्रोतका अनुसार उनलाई ‘ब्रेन स्ट्रोक’ भएको हो ।

आलम अस्पताल भर्ना भएपछि उनका समर्थकहरू अस्पताल पुगेका थिए । 

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको विस्फोटमा परी घाइते भएकालाई इँटाभट्टामा ज्यूँदै जलाएको आरोपमा आलम रौतहट जिल्ला अदालतको आदेशले थुनामा थिए ।

तर बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले मान्छे जलाएको पुष्टि नहुने भन्दै आलमलाई रिहा गर्न आदेश दिएको थियो ।

अदालतको आदेश लगत्तै सोही दिन उनी रिहा भएका थिए । आलमलाई थुनामुक्त गर्ने आदेशको चर्को आलोचना भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्