
राजसंस्था पुनःस्थापनाका लागि भन्दै बिहीबारदेखि काठमाडौं केन्द्रित राजावादीहरूको प्रदर्शनको आज चौथो दिन हो ।
शनिबार दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा लगाइएपछि रत्नपार्कमा प्रदर्शन गरेका राजावादीहरूले आइतबार नारायणचौरमा भेला भएर प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा उनीहरूले प्रहरीको घेरा तोडेर अगाडि बढ्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापासहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
कमल थापालगायतका नेताहरू पक्राउ परेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भोलि (सोमबार)बाट खास आन्दोलन शुरू हुने बताएका छन् ।
कमल थापालगायतका नेताहरूलाई जहाँबाट पक्राउ गरिएको हो, त्यही ठाउँमा ल्याएर छाड्न पनि उनले सरकार र प्रहरी प्रशासनलाई भनेका छन् ।
तस्वीरहरू



















