![ग्यारेजमा थन्किए सार्वजनिक सवारी, सडकमा सर्वसाधारणलाई सास्ती [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/yatayat_banda_11_6f2a6jgwH9.jpg)
सार्वजनिक यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।
यातायात व्यवसायी ग्यारेज तथा घरमा आफ्ना सवारीसाधन थन्क्याएर बसेका हुन् ।
जसका कारण देशभर छिटपुटबाहेक भाडाका सार्वजनिक सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । काठमाडौँ उपत्यकामा पनि सार्वजनिक सवारी प्रभावित बनेको छ ।

गाडी बन्द भएपछि सर्वसाधारणले भने सास्ती भोग्नु परेको छ । यात्रुहरू सडकमा पैदलै हिँड्न बाध्य छन् ।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै यातायात व्यवसायी आन्दोलित भएका हुन् ।

यसैबीच, आन्दोलनरत यातायात व्यवसायीसँग सरकारले छलफल थालेको छ । गृहमन्त्री रमेश लेखकको पहलकदमीमा सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच गृह मन्त्रालयमा वार्ता भैरहेको छ ।

यसअघि गण्डकी सरकारले पनि व्यवसायीलाई वार्तामा आउन बारम्बार आह्वान गरेको थियो । तर, उनीहरू वार्तामा जान मानेनन् ।










