२८ असार २०८३, आइतबार

खगेन्द्र दाहालको गीत ‘ख्याल ख्यालैमा हरायौं’ सार्वजनिक [भिडियो]

जेठ १९, २०८२
काठमाडौं
खगेन्द्र दाहालको गीत ‘ख्याल ख्यालैमा हरायौं’ सार्वजनिक [भिडियो]

सञ्जिवकुमार पौडेल र मेलिना राईको स्वरमा रहेको गीत ‘ख्याल ख्यालैमा हरायौं’ सार्वजनिक भएको छ । खगेन्द्र दाहालको शब्द, सञ्जिवकै सङ्गीत, कृष्ण विके (भाञ्जा)को एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । 

विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा स्मारिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ । प्रकाश खड्का र टिमको सिनेमेटोग्राफी रहको भिडियोमा लक्षमण चौहानको दृश्य सम्पादन छ ।

गीतले आफूले माया गरेको मान्छेसँग बोल्दा बोल्दै एक अर्कामा रमाएको, ख्याल ख्यालैमा एक अर्कामा हराएको भाव व्यक्त गरिएको छ । भावनात्मक शब्द, समधुर सङ्गीत र आकर्षक भिडियो संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ । उत्कृष्ट शब्द, सङ्गीत र स्वर रहेको गीत जति समधुर छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

गीतको भिडियो गायक पौडेलको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । पौडेलका थुप्रै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्