१२ साउन २०८३, मंगलबार

पुटिनको कडा अडानपछि युक्रेन युद्ध अन्त्यको प्रयास अन्योल, ट्रम्प कदम चाल्न बाध्य हुने संकेत

जेठ २०, २०८२
काठमाडौं
पुटिनको कडा अडानपछि युक्रेन युद्ध अन्त्यको प्रयास अन्योल, ट्रम्प कदम चाल्न बाध्य हुने संकेत

इस्तानबुलमा हालै सम्पन्न युक्रेन–रूस प्रत्यक्ष वार्ता कुनै ठोस निष्कर्षविना टुंगिएपछि युक्रेन युद्ध अन्त्यको प्रयास थप अन्योलमा परेको छ। युद्धरत दुबै पक्षबीच बन्दी साटासाट गर्ने सहमति भए पनि युद्ध रोक्नेबारे गम्भीर मतभेद कायमै रहेको देखिएको छ।

वार्ताका क्रममा रुसले आफ्नो कठोर र अधिकतम सर्तहरू दोहोर्‍यायो । युक्रेनले रूसद्वारा कब्जा गरिएका तर, पूर्णरूपमा नियन्त्रणमा नलिइएका चार भूभागबाट फौज फिर्ता गर्नुपर्ने, कुनै सैन्य गठबन्धनमा नजाने, विदेशी सेना आतिथ्य नगर्ने र कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नपाउने सर्तहरू समावेश छन्।

युक्रेनी अधिकारीहरूले ती मागलाई स्वीकार गर्न अस्वीकार गरेका छन्। उनीहरूले यसलाई आत्मसमर्पणको माग सरह भएको बताएका छन्। यता, युरोपेली देशहरूले पनि युक्रेनमाथिको यस्तो दबाबलाई अस्वीकार्य ठहर गरेका छन्।

यसैबीच, अमेरिका र युक्रेनबीचको सम्बन्धमा पनि दबाब देखिन थालेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेनमा शान्ति स्थापनाका लागि आफैं नेतृत्व लिन चाहिरहेका बेला मस्कोको कठोर अडानले उनीमाथि थप दबाब सिर्जना गरेको छ। ट्रम्पले हालै रूसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘पूर्ण रूपमा पागल’ भन्दै आक्रोश व्यक्त गरेका थिए।

अमेरिकी सिनेटमा मस्कोविरुद्ध थप कडा प्रतिबन्ध लगाउने तयारी भइरहेका बेला राष्ट्रपति ट्रम्पले ती विकल्पहरू प्रयोगमा ल्याउने वा नयाँ रणनीति बनाउने भन्ने विषयमा अन्योल देखिएको छ। 

सिनेटर रिचार्ड ब्लुमेन्थलले मस्कोलाई ‘शान्ति प्रयासको उपहास गर्ने’ र ‘अमेरिका र ट्रम्पलाई मूर्ख बनाउने’ काम गरिरहेको भन्दै चेतावनी दिएका छन्।

यता, युक्रेनले हालै रूसी भूमिमा हजारौं माइल टाढासम्म प्रहार गर्न सक्ने क्षमतासमेत विकास गरेको देखिएको छ। रूसी रणनीतिक बमवर्षक विमानहरूलाई लक्षित गरेर गरिएको ड्रोन आक्रमणले युक्रेन अझै पनि प्रभावशाली रूपमा युद्ध लड्न सक्ने संकेत दिएको छ।

अबको अवस्थाले पुटिनको अडान र ट्रम्पको आगामी निर्णयबीचको टकरावलाई निर्णायक मोडमा पुर्‍याउने संकेत देखिएको छ। युक्रेन युद्धको भविष्य अमेरिकी नेतृत्वको निर्णयमा निर्भर रहने प्रस्ट बन्दै गएको छ। -सीएनएनबाट

salt training

कमेन्ट गर्नुहोस्