२८ जेठ २०८३, बिहीबार

कीर्तिपुरको विष्णुदेवी अस्पतालमा २४ सै घण्टा सेवा शुरू​

जेठ २०, २०८२
काठमाडौं
कीर्तिपुरको विष्णुदेवी अस्पतालमा २४ सै घण्टा सेवा शुरू​

काठमाडौंको कीर्तिपुरस्थित विष्णुदेवी अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा शुरू गरेको छ ।

अस्पताल परिसरमा आज आयोजित एक कार्यक्रमका बीच कीर्तिपुर नगरपालिका प्रमुख कृष्णमान डङ्गोलले सेवा शुभारम्भ गरेका हुन् ।​ 

नगरप्रमुख डङ्गोलले आफूले चुनावी अभियानका क्रममा गरेको प्रतिबद्धताअनुसार काम भएको उल्लेख गर्दै अब अस्पताललाई  स्रोतसाधन सम्पन्न बनाइने बताए ।

नगरपालिकाले जनतालाई सस्तो र गुणस्तरीय सेवा दिन खोजेको र यसका लागि वयोधा अस्पतालसँग सम्झौता गरी कीर्तिपुरवासीलाई २०–२५ प्रतिशत छुट र विपन्न वर्गलाई  पाँच वटा शय्या निःशुल्क उपलब्ध गराइने व्यवस्था भएको उनले जानकारी दिए ।

कार्यक्रममा अस्पतालका  मेडिकल सुपरिटेन्डेन्ट डा. अरुण गौतमले अस्पतालले आकस्मिक सेवासँगै इको कार्डियोग्राफी, २४ सै घण्टा बर्थिङ सेन्टर र प्रयोगशाला सेवासमेत शुरू गरेको जानकारी दिए । यसले प्राथमिक उपचारका लागि निजी अस्पताल जानुपर्ने बाध्यता नहुने उनले बताए ।

नगर उपप्रमुख सुनिता शाक्यले विष्णुदेवी अस्पतालको सेवालाई थप स्तरीय बनाउन स्थान अभावको समस्यालाई सम्बोधन गर्नुपर्ने बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्