०८ असार २०८३, सोमबार

अणु र पहाडको दोस्रो संस्करण प्रकाशित

जेठ २२, २०८२
काठमाडौं
अणु र पहाडको दोस्रो संस्करण प्रकाशित

साहित्यकार रवीन्द्र समीरको चर्चित लघुकथा संग्रह ‘अणु र पहाड‘को दोस्रो संस्करण प्रकाशित भएको छ । ५६ वटा चोटिला लघुकथा संग्रहित उक्त पुस्तक पैरवी बुक हाउसले बजारमा ल्याएको हो ।

अणुले जीवनको सूक्ष्मतालाई जनाउँछ भने पहाडले जीवनको विशालतालाई । जीवनको यस्तै सूक्ष्मता र विशालतालाई अणु र पहाड लघुकथा संग्रहमा सुन्दर ढंगले संयोजन गरिएको छ । अणु र पहाडका हरेक लघुकथाले केही मिनेटको पढाइमा जीवन र जगतका असंगत पक्षलाई उजागर तथा प्रहार गरेका छन् ।

रवीन्द्र समीरका मृत्युको आयु, एकलब्यदृष्टि, अर्जुनदृष्टि, ईश्वरका कथा, भूकम्पमा मल्हमपट्टी, कोरोनातन्त्र, पैसाको उडान लगायतका १४ वटा साहित्यिक पुस्तक प्रकाशित भएका छन् ।

उनले पद्मश्री साहित्य पुरस्कार, उत्तम शान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, नेपाल विद्याभूषण पद लगायत दर्जनौं पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

थोरै शब्दमा धेरै कुरा भन्न सकिने लघुकथा विधा आजको व्यस्त तथा डिजिटल युगमा धेरै पढिने विधा भएको पैरवी बुक हाउसका निर्देशक चन्द्र सिवाकोटीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्