
विवाहको जन्ती आयो, मण्डप सजाइयो र सिन्दूरदान पनि गरियो तर, विवाह भंग भयो । घटना भारतको बिहारस्थित अरवल जिल्लाको हो ।
बेहुलाको खराब लतबारे थाहा पाएपछि बेहुलीले विवाह गर्न अस्वीकार गरेको दैनिक जागरणको समाचारमा उल्लेख छ । नसामा लठ्ठ बेहुलाले विवाहको मण्डपमै अनौठो हरकत देखाएपछि विवाद रद्द भएको हो ।
मातेको बेहुलाको कार्य जब केटीको परिवारले थाहा पाए, त्यसपछि विवाहको जन्ती बेहुली बिना नै फर्कनु पर्यो ।
त्यसअघि विवाहको लगभग सबै विधि पूरा भैसकेको थियो । हिन्दू रीतिरिवाजअनुसार सबै विधि पूरा गरेपछि केटाले सिन्दुर पनि लगाइसकेका थिए ।
तर, त्यसपछि केटाले अनौठो व्यवहार देखाए । केटा लागूपदार्थको लतमा रहेछन् । केटा ब्राउन सुगरको लतमा रहेको केटी पक्षले थाहा पाए । त्यसको प्रभाव कम हुने वित्तिकै ऊ बेचैनीमा अनौठो व्यवहार गरिरहेको थियो । यो खुलेपछि विवाह रद्द भएको थियो ।