२८ जेठ २०८३, बिहीबार
त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम अन्तिम चरणमा

फेरिँदै त्रिवि क्रिकेट मैदानको रूप, कहिले सकिन्छ प्यारापिट र फ्लडलाइट जडानको काम ? [भिडियो स्टोरी]

जेठ २३, २०८२
काठमाडौं
फेरिँदै त्रिवि क्रिकेट मैदानको रूप, कहिले सकिन्छ प्यारापिट र फ्लडलाइट जडानको काम ? [भिडियो स्टोरी]

अन्तर्राष्ट्रिय क्रिकेटको भार थेग्दै आएको काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । त्रिवि क्रिकेट मैदानको करिब तीन महिनादेखि निरन्तर स्तरोन्नतिको काम भइरहेको हो । अहिले प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम भइरहेको छ । निर्माण कम्पनीका अनुसार प्याराफिट निर्माण र फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको छ । 

यसअघि भिरालो चौरमा बसेर खेल हेर्नुपर्ने बाध्यता थियो । यसैगरी, नेपाली दर्शकले रात्रिकालीन खेलहरू हेर्ने अवसर पनि पाएका छैनन् । 

तर, प्यारापिट निर्माण भएपछि दर्शकहरूले माटोको ढिस्कोमा बसेर खेल हेर्नुपर्ने बाध्यता हट्नेछ । साथै फ्लडलाइट जडानपछि रात्रिकालीन क्रिकेटका आनन्द पनि लिन सकिने छ । 

अहिले ४३ करोड ७७ लाखको ठेक्कामा बीकेओआई–केसीडीसी–बीजी जेभीले १० हजार सिट क्षमताको प्यारापिट निर्माणको काम गरिरहेको छ भने ४२ करोड १९ लाख ९१ हजारको ठेक्कामा विशन–ईश्वरी जेभीले फ्लडलाई जडानको काम गरिरहेको छ । 

अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा कीर्तिपुर मैदानलाई दर्शक धान्न हम्मे हम्मे पर्दै आएको छ । जुन अब प्यारापिट निर्माणपछि केही सहज हुनेछ ।

वैशाख २४ गतेभित्र यसको निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि विविध कारणले केही लम्बिएको छ । गत फागुनमा २०८२ वैशाख २४ गतेभित्र त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्डलाइड जडानको काम सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । 

null

वैशाख २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदान निर्माणमा भइरहेको ढिलाइबारे सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिसँग स्पष्टीकरण लिएका थिए । निर्माण कम्पनीले सरकारलाई विभिन्न कारण देखाउँदै दुई महिना म्याद थपको लागि आग्रह गरेको थियो । थप दुई महिनाभित्र प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गर्ने कम्पनीको प्रतिवद्धतापछि म्याद थप गरिएको थियो ।  

सरकारले थप गरेको समयभित्रै प्यारापिटको काम सम्पन्न गर्ने बीकेओआई–केसीडीसी–बीजीजेभीका सञ्चालक भरत गिरी बताउँछन् । हालसम्म मौसमका कारण केही ढिलाइ भए पनि अब तोकिएको समयभित्रै काम सम्पन्न हुने उनको भनाइ छ । 

सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम निरन्तर निरीक्षण गरिरहेको छ । सकारले दिएको समयावधिमा त्रिवि मैदान स्तरोन्नतिको काम सम्पन्न हुनेगरी काम भइरहेको कार्यालयका सुपरिन्टेन्डेन्ट इन्जिनियर चक्रवर्ती कण्ठ बताउँछन् । सरकारले निर्माण कम्पनीलाई दिएको समयभित्रै काम सम्पन्न गराउने उनको भनाइ छ । 

null

२०७९ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैतमा फ्लडलाइट जडान गर्न निर्देशन दिएका थिए । तर, काम अगाडि बढ्न सकेन । 
करिब दुई वर्षपछि गत(२०८१)असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ३०० दिनमा प्यारापिट र फ्लडलाइटलगायत आवश्यक संरचना बनाउने पहिलो निर्णय गरेको थियो । 

null

आर्थिक वर्ष ०७९/८० को बजेटमा कीर्तिपुर मैदानको स्तरोन्नति र फ्लडलाइट जडानको प्रक्रियाअघि बढाउन २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । जसमा मैदान स्तरोन्नतिका लागि १० करोड र फ्लडलाइट जडानका लागि १० करोड छुटाएको थियो । 

त्यस्तै, चालू आर्थिक वर्ष ०८१/८२ को बजेटमा पनि त्रिवि मैदानमा फ्लडलाइट जडानका लागि २० करोड रुपैयाँ विनियोजन भएको छ । यसका साथै आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ छुटाइएको छ ।

भिडियो

salt training

कमेन्ट गर्नुहोस्