११ साउन २०८३, सोमबार

१२ देशका नागरिकलाई आजदेखि अमेरिकामा प्रवेशमा रोक

जेठ २६, २०८२
काठमाडौं
१२ देशका नागरिकलाई आजदेखि अमेरिकामा प्रवेशमा रोक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध आजपछि तुरुन्तै लागू भएको छ । आजदेखि एक दर्जन देशका नागरिकले अमेरिका प्रवेश पाउने छैनन् । 

उनको यो कदमले शरणार्थी मार्गहरूमा बाधा पुर्‍याउने र ट्रम्प प्रशासनले अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार गर्दै अध्यागमनलाई थप प्रतिबन्धित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिबन्धले समेटेका इरान र अफगानिस्तानजस्ता धेरै राष्ट्रको संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध छ भने हाइटी र लिबियाजस्ता मुलुकले गम्भीर सङ्कटको सामना गरिरहेका छन् । 

गत हप्ता प्रतिबन्धको घोषणा गर्दै ट्रम्पले कोलोराडोमा यहुदीहरूमाथि हालै भएको ‘आतङ्कवादी आक्रमण’ले नयाँ उपायलाई उत्प्रेरित गरेको बताएका थिए । 

यो समूहले गाजामा बन्दी बनाइएका बन्धकहरूसँगको ऐक्यबद्धतामा विरोध गरिरहेको थियो भने उनीहरूलाई ह्वाइट हाउसले आफ्नो भिसा अवधि नाघेको भन्दै एक व्यक्तिले आक्रमण गरेको थियो ।

ह्वाइट हाउसका अनुसार अफगानिस्तान, म्यान्मा, चाड, कङ्गो–ब्राजाभिल, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूद्वारा संयुक्त राज्य अमेरिकाको सबै यात्रामा प्रतिबन्ध लगाइएको छ ।

ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका यात्रुहरूमा पनि आंशिक प्रतिबन्ध लगाएका छन् । ती देशबाट केही अस्थायी कार्य भिसाहरूलाई अनुमति दिइनेछ ।

salt training

कमेन्ट गर्नुहोस्