२४ जेठ २०८३, आइतबार

नारायण खतिवडाको ‘दुःख सुनाएर के काम?’ सार्वजनिक

जेठ २६, २०८२
काठमाडौं
नारायण खतिवडाको ‘दुःख सुनाएर के काम?’ सार्वजनिक

गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत ‘दुःख सुनाएर के काम?’ सार्वजनिक भएको छ। 

डिजिटल प्लेटफर्ममार्फत् सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ। गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियोको युट्युबमा तथा विभिन्न अन्तर्राष्ट्रिय अडियो र भिडियो प्लेटफर्महरूमा अपलोड गरिएको छ।

गीतमा मानिसको सोंच र मनोवृत्तिको पनि चित्रण गरिएको छ। कोही सकारात्मक सोच राख्छन्, कोही नकारात्मक। सकारात्मक व्यक्तिहरूबाट सकारात्मक ऊर्जा प्राप्त हुन्छ, भने नकारात्मक सोच भएका व्यक्तिहरूले अरूको कुरा काट्ने प्रवृत्ति देखाउँछन्। त्यस्ता मानिसहरूबाट नकारात्मक ऊर्जा सर्छ, त्यसैले त्यस्ता मानिसहरूबाट टाढा बस्नु नै उपयुक्त हुन्छ भन्ने सन्देश गीतमा पाइन्छ। 

गीतकार खतिवडाका यसअघि पनि दर्जनौं गीत सार्वजनिक भइसकेका छन्। ‘सम्झनाका पाइलाहरू’ नामक गीति संग्रहमा १०९ वटा गीत समावेश छन्। ‘स्वार्थी संसार’, ‘स्वदेश छोडी’, ‘नका कुरा’, ‘बिन्दास’, ‘देखुँ देखुँ’, ‘सन्देश पुर्‍याइदेऊ’, ‘मेरो कथा’, ‘चोखो चोखो’लगायतका गीतहरू बजारमा लोकप्रिय छन्।

गीत, कविता तथा समसामयिक लेख रचना विधामा कलम चलाउँदै आएका खतिवडा हाल सरकारी सेवामा कार्यरत छन्। सामाजिक परिवेश, घटनाक्रम, वर्तमान परिस्थिति, संयोगान्त र वियोगान्त विषयवस्तुका साथै राष्ट्र र राष्ट्रियताको पक्षलाई कलात्मक र सन्देशमूलक रूपमा साहित्यमा उतार्ने  स्रष्टा खतिवडाको पछिल्लो सिर्जना ‘दुःख सुनाएर के काम?’ गीत सामाजिक सन्देश र मानवीय पक्ष बोकेर आएको छ।

salt training

कमेन्ट गर्नुहोस्