०८ साउन २०८३, शुक्रबार

काठमाडौं जिल्ला अदालतमा प्रधानन्यायाधीशको छड्के

जेठ २६, २०८२
काठमाडौं
काठमाडौं जिल्ला अदालतमा प्रधानन्यायाधीशको छड्के

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय परिषद् सचिवालयका कर्मचारी र सर्वोच्च अदालतका प्रशासक समेतलाई लिएर सोमबार काठमाडौं जिल्ला अदालतमा आकस्मिक छड्के अनुगमन गरेका छन् । 

प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल, रजिस्ट्रारहरू, न्याय परिषद् सचिवालयका सचिव यामबहादुर बुढा मगर तथा अन्य कर्मचारी समेतलाई लिएर आकस्मिक निरीक्षण गरेका हुन् ।

‘अदालतको वास्तविक स्थिति कस्तो छ? सेवाग्राहीले कसरी सेवा पाइरहेका छन्? न्याय सम्पादनको काम कसरी भइरहेको छ, जे जस्तो छ त्यही हेर्न सम्माननीयज्यूको साथमा हामी कर्मचारीहरू पुगेका थियौं,’ छड्केका क्रममा पुगेका एक कर्मचारीले लोकान्तरसँग भने, ‘त्यस क्रममा सम्माननीयज्यूले सेवाग्राही, सरोकारवाला पक्षसँग पनि संवाद गर्नुभएको थियो ।’

जानकारी दिएर जाँदा ‘अलर्ट’ हुने हुनाले विनाजानकारी आकस्मिक छड्के गरेर वास्तविक स्थिति हेर्न प्रधानन्यायाधीश राउत त्यहाँ पुगेको उनले बताए । 

‘त्यहाँ केही मौखिक निर्देशनहरू पनि भयो । अब लिखित निर्देशन पनि हुन्छ होला,’ ती कर्मचारीले लोकान्तरसँग भने । 

salt training

कमेन्ट गर्नुहोस्