![रामजी खाँडको नयाँ गीत ‘सरर आऊ माया’ [भिडियो]](https://lktcdn2.prixacdn.net/media/ramji_khad_cSyAIYBsku.jpg)
काठमाडौं, २० मंसिर – लोकगायक रामजी खाँड र भूमिका मगरको लोक दोहोरी गीत ‘सरर आऊ माया’ सार्वजनिक भएको छ ।
छमछमी नाच्न मिल्ने गीतमा प्रेमका भावनालाई समेटिएको छ । गीतको भिडियोमा दुर्गेश थापा, रश्मी तामाङ र विपेशले अभिनय गरेका छन् । गीतका शब्द सीपी मगरले लेखेका हुन् ।
भिडियोलाई अजय रेग्मीले खिचेका हुन् । त्यस्तै क्रान्ति केसीले भिडियोको निर्देशन गरेका हुन् ।