२३ जेठ २०८३, शनिबार

गर्मी बढेसँगै भरतपुर महानगरका विद्यालय ३ दिन बन्द

जेठ २७, २०८२
काठमाडौं
गर्मी बढेसँगै भरतपुर महानगरका विद्यालय ३ दिन बन्द

गर्मी अत्यधिक बढेसँगै चितवनको भरतपुर महानगरपालिकाले ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

महानगरले मंगलबार एक विज्ञप्ति जारी गर्दै जेठ २८ गते (बुधबार)देखि ३० गते (शुक्रबार)सम्म सम्पूर्ण विद्यालय बिदा गर्ने निर्णय गरेको हो ।​

साथै, महानगरले बालबालिकालाई दिउँसोको चर्को घाममा हिँडडुल गर्न नदिन र नदी, पोखरीमा पौडी खेल्ने, माछा मार्ने जस्ता कार्यबाट टाढा राख्न पनि अभिभावकहरूलाई आग्रह गरेको छ।​

अत्यधिक गर्मीबाट उत्पन्न हुन सक्ने स्वास्थ्य समस्या र दुर्घटनाबाट बच्न सबैलाई सावधानी अपनाउन महानगरको अपिल छ । 

अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भइरहेको र बालबालिकाहरूको विद्यालय आवागमन तथा पठनपाठनमा समेत समस्या भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्