२९ जेठ २०८३, शुक्रबार
गण्डकीको बजेट

गण्डकीले बजेटमा कस्ता-कस्ता विषयलाई प्राथमिकतामा राख्यो ?

असार १, २०८२
काठमाडौं
गण्डकीले बजेटमा कस्ता-कस्ता विषयलाई प्राथमिकतामा राख्यो ?

 गण्डकी प्रदेशले आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको छ । 

 गण्डकीले सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयमा छुट्टाएको छ । सरकारले प्रदेशमै लाइसेन्स छाप्नका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले यात्रु सुरक्षा प्रत्याभूति गर्न राइड सेयरिङलाई प्राथमिकता दिने बजेट भाषण गरेका छन् । 

सरकारले आफ्नो भवन नभएका प्रदेशका कार्यालयहरूको भवन निर्माण कार्यलाई प्राथमिकता दिने बजेटमा उल्लेख गरेको छ । सरकारले कुल बजेटको सबैभन्दा बढी भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई ११ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ । 

प्रदेश स्थापनाकालदेखि निरन्तर चलिरहेको एक घर एक धारा कार्यक्रमलाई सम्पन्न गर्न ६० करोड ६१ लाख बजेट विनियोजन गरेको छ । आगामी आवमा २ सय वटा बढी खानेपानी आयोजना सम्पन्न गरी थप १५ हजार घरमा निजी धारा जडान कार्य सम्पन्न गर्ने बजेटमा उल्लेख छ । खानेपानी क्षेत्रका लागि मात्र गण्डकी सरकारले १ अर्ब ७० करोड रुपैयाँ छुट्टाएको छ । कुल बजेटको १२ प्रतिशत सरकारले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका कार्यक्रमहरूमा छुट्टाएको छ । 

यस्तै सरकारले स्वास्थ्य मन्त्रालयमा कुल बजेटको १० प्रतिशत विनियोजित गरेको छ । नसर्ने रोगको पहिचान र उपचार स्वस्थ जीवनको आधार भन्ने नाराका साथ नसर्ने रोगको पहिचान गर्न सरकार १ करोड ५२ लाख बजेट विनियोजन गरेको छ । यस्तै जलवायु संवेदनशील रोगहरूको लागि २ करोड ७ लाख रुपैयाँ विनियोजन गरेको छ ।  

 कुन मन्त्रालयमा कति बजेट ? 

गण्डकीले जलवायु परिवर्तनको शीर्षकमा वन तथा वातावरण मन्त्रालय मार्फत पनि अर्को कार्यक्रम ल्याएको छ । जलवायु परिवर्तनको असरलाई न्यूनकीकरणका लागि प्रदूषण र फोहोर मैला व्यवस्थापन, हरियाली प्रवर्द्धन एवम् हिमाल संरक्षणका लागि माछापुच्छ्रे संवाद कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले वन डढेलो रोकथाम गर्नका लागि ज्वलनशील पदार्थ तथा मिचाहा प्रजातिको व्यवस्थापन तथा संकलन गरी जैविक मल उत्पादन कार्य प्रवर्द्धन गर्ने भएको छ । यस्तै, गण्डकी उद्योग पर्यटन मन्त्रालयलाई जम्मा ८४ करोड २१ लाख ९३ हजार विनियोजन गरेको छ । गण्डकको खास, बसौँ घरबास भन्ने नारालाई अगाडि सारेर घरबास कार्यक्रमलाई प्रोत्साहन गरेको छ । 

सरकारले गत आर्थिक वर्षको तुलनामा यो वर्ष ३ प्रतिशतले बजेट घटाएर ल्याएको हो  जसअनुसार। सरकारले आर्थिक वर्ष २०८२/८३ को कुल ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष गण्डकीको ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ बजेट थियो ।

जसमध्ये, जेठ मसान्तसम्म गण्डकीले जम्मा ४८.०६ प्रतिशतमा खर्च गरेको छ । गण्डकीले ल्याएको बजेट अनुसार खर्च गर्न सकेको छैन । पछिल्लो आर्थिक वर्षको तुलनामा गण्डकीले बजेटको आकार बढाएर ल्याए पनि खर्चको प्रतिशत भने घटेको देखिन्छ । प्रदेश लेखा नियन्त्रक कार्यालय, गण्डकीको वार्षिक प्रतिवेदनहरू अनुसार गण्डकीले मोटो बजेट ल्याए पनि खर्च भने गर्न सकेको छैन । 

प्रदेश आगामी आवका लागि चालु खर्च तर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरेको छ । यस्तै, पुँजीगत खर्चका लागि १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ विनियोजित गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्