२० असार २०८३, शनिबार
तीनकुने घटना

रवीन्द्र मिश्रसँग ३ लाख धरौटी माग

असार ३, २०८२
काठमाडौं
रवीन्द्र मिश्रसँग ३ लाख धरौटी माग

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँग अदालतले ३ लाख धरौटी मागेको छ ।

मंगलबार काठमाडौं  जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रसँग ३ लाख धरौटी माग गर्ने आदेश गरेको हो । 

यसअघि सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा उनलाई थुनामुक्त गरेपनि मिश्र अभियोजन दर्ता हुँदा अदालतमा उपस्थित भएका थिएनन् ।

उनी मंगलबार मात्र अदालत उपस्थित भएका थिए । गत चैत १५ गते राजावादी समूहले काठमाडौंको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गरेकै दिन मिश्र पक्राउ परेका थिए ।

सोही घटनाका आरोपी राप्रपा महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए । उनीसँग पनि अदालतले ३ लाख रूपैयाँ धरौटी मागेको थियो ।

मिश्रविरुद्ध जेठ ११ गते राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो ।

सोही घटनाका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईंलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्