०९ साउन २०८३, शनिबार

एयर इण्डियाका सात अन्तर्राष्ट्रिय उडान रद्द, एक उडानमा प्राविधिक गडबडी

असार ३, २०८२
काठमाडौं
एयर इण्डियाका सात अन्तर्राष्ट्रिय उडान रद्द, एक उडानमा प्राविधिक गडबडी

एयर इण्डियामा देखिएको संकट झनै चुलिएको छ । टाटा समूहले तीन वर्षअघि सञ्चालनमा ल्याएको यो राष्ट्रिय ध्वजावाहक कम्पनी यतिबेला अहिलेसम्मकै गम्भीर समस्या झेलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मंगलबार कम्पनीले विभिन्न कारण देखाउँदै सात अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । यस्तै, सन फ्रान्सिस्कोबाट मुम्बईका लागि छुटेको उडानमा आएको प्राविधिक गडबडीका कारण यात्रुलाई बिचैमा जहाजबाट ओराल्नुपरेको बताइएको छ ।

एयर इण्डियाको पछिल्ला दिनहरूमा पटक–पटक उडान रद्द हुने, ढिलाइ हुने र प्राविधिक समस्या देखिने क्रम तीव्र बनेको छ । यात्रुहरूले उडान सुरक्षाप्रति प्रश्न उठाउन थालेका छन् ।

कम्पनीले समस्याको औपचारिक कारण भने सार्वजनिक गरिसकेको छैन । एयर इण्डिया यसअघि पनि बोइङ ७८७–८ ड्रीमलाइनर विमानको अभाव, सुरक्षा जाँच र एयर स्पेस सम्बन्धी मुद्दाका कारण चर्चामा आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्