
काठमाडौं, २१ मंसिर— बिहिबार जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा यातायात सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन हुन लागेका ४५ जिल्लामा यातायात चलेको छैन | बाँकी ३२ जिल्लामा भने कुनै रोकावट छैन ।
गृहमन्त्रालयले सुरक्षा निकायका सवारी साधन, निर्वाचन प्रयोजनका लागि पास लिएका सवारी साधन र अत्यावश्यक सेवाका बाहेक कुनै पनि सवारीसाधन बेलुका ७ बजेमम्म सञ्चालनमा रोक लगाइएको बताएको छ ।