
काठमाडौं २१, मंसिर – गुल्मी क्षेत्र नं. २ का वाम गठबन्धनका उम्मेदवार गोकर्ण विष्टले गुल्मी क्षेत्र–२ बाट मत हालेका छन् । उनले गुल्मीको इस्मा गाउँपालिका–४ को रामराज्य माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मत हालेका हुन् ।
मतदान स्थलमा पुगेर आफ्नी आमासँगै मत हालेका विष्टले देशको विकास गर्ने सपना पूरा गर्ने चाहना रहेको बताए ।