३० जेठ २०८३, शनिबार

ग्लोबल आईएमई बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी र इला रिसोर्टमा १५ प्रतिशतसम्म छुट

असार ९, २०८२
काठमाडौं
ग्लोबल आईएमई बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी र इला रिसोर्टमा १५ प्रतिशतसम्म छुट

ग्लोबल आईएमई बैंक लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आईएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । 

ग्लोबल आईएमई बैंक र आईएमई हस्पिटालिटी तथा इला कर्म्फोट एण्ड रिसोट प्रालिबीच यस सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।

समझदारीमा बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेल र आईएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् । 

समझदारी अनुसार ग्लोबल आईएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवं बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले आईएमई हस्पिटालिटीद्वारा सञ्चालित होटल तथा रिसोर्टमा १५ प्रतिशत र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट पाउनेछन् । 

आईएमई समूहको लगानीमा देशका विभिन्न स्थानमा पर्यटक तथा पाहुनालाई स्तरीय सेवा सुविधा प्रदान गर्न होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको छ । काठमाडौंको होटल ले हिमालय लाजिम्पाट र साके एण्ड फेङ्ग रेस्टुरेन्ट लाजिम्पाट, बागलुङको इला कर्म्फोट, गैँडाकोटमा इला होटल एण्ड रिसोर्ट मौलाकाली र पोखराको लेकसाइट रिट्रीट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको आरामदायी बसाइँ र अविस्मरणीय अनुभवको लागि प्रख्यात छ । 

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनि अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट फरक-फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आईएमई बैंकले ७७ वटै जिल्लामा शाखा विस्तार गरेको छ । बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटीएम बुथ, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्